काठमाडौं । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगिको आरोपमा एक महिला पक्राउ परेकी छन्।
सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका(६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका( ९ लुभु बस्ने ४६ वर्षीया भवानी बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइ दिने भन्दै पीडितबाट रकम ठगि गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


























