काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुव भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो।
गत जेठमा वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दाहाल विभागलाई सुधार गर्ने प्रयत्नमा थिए । तर, मेनपावर व्यवसायीहरू भने असन्तुष्टि भएका थिए ।
म्यानपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्ने देखि निलम्बन गर्ने सम्मको कदममा दाहाल थिए । वैदेशिक रोजगार विभागमा बेथितिहरू बढ्दै गएका थिए, त्यसलाई अन्त्य गर्न कम्मर कसेका दाहाल सात महिनामै सरूवा हुन पुगे ।



























