काठमाडौं — टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके–७२६ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार सोमबार बिहान अवतरणका क्रममा विमानको टायरमा अचानक आगो देखिएको थियो। लगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको र अहिले अवस्था सामान्य रहेको जनाइएको छ।
विमानमा रहेका २७३ यात्रु र ११ जना चालक दलका सदस्यलाई आपत्कालीन द्वारमार्फत सकुशल बाहिर निकालिएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।



























