सोल, दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन्। आइतबार सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
महाधिवेशनलाई नेपाल सरकार, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मा. श्री कुण्दन राज काफ्ले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका थिए। यस्तै, नेपाली राजदूतावास, दक्षिण कोरियाका उप-प्रमुख (DCM) श्री जेनिम अधिकारी विशेष अतिथिका रूपमा उपस्थित थिए।
नवनिर्वाचित कार्यसमितिमा तारा पुन मगर वरिष्ठ उपाध्यक्ष, मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी उपाध्यक्ष, कमल भण्डारी महासचिव, सोनाम शेर्पा र दुर्गा प्रसाद भण्डारी सचिवका रूपमा चयन भएका छन्।
यसैगरी, अर्जुन श्रेष्ठ कोषाध्यक्ष, टेक बहादुर बोहोरा युवा संयोजक, मिता गुरुङ महिला संयोजक तथा मनसुन खड्का र आइशा सिटौला सदस्य पदमा निर्वाचित भएका छन्।



























