श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष सय जना कामदार विदेश पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ को उपदफा (२)को खण्ड (घ) मा रहेको सय जना कामदारु सम्बन्धी प्रावधान हटाइएको थियो। यो प्रावधान हटेपछि पनि विभागले इजाजत नवीकरणका विषयमा थप स्पष्टताका लागि मन्त्रालयसँग राय मागेको थियो।
‘इजाजतपत्र नवीकरण प्रक्रिया कार्यविधिगत व्यवस्था रहेको र कार्यविधि कानुन पश्चात्दर्शी रूपमा लागू हुने कानुनी सिद्धान्त तथा अभ्यास रहेकाले २ वर्षसम्म १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकी दफा ८२ बमोजिम बाधा अड्काउ फुकाई इजाजतपत्र नवीकरण गरी पाउन २०८२ असार मसान्तसम्म निवेदन दिएका इजाजतपत्र रद्द भइनसको विचाराधीन रहेका निवेदक इजाजतपत्रवालाहरूको इजाजतपत्र नवीकरणका हकमा मिति २०८२/०४/१४ देखि वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा २ को खण्ड (घ२) को पुरानो कानुनी व्यवस्थाको अयोग्यता निष्क्रिय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानुनी बाधा नरहेको”
यस निर्देशनपश्चात् अब गत वर्ष सय जना कामदार पठाउन नसकेका कम्पनीहरूले पनि आफ्नो इजाजत नवीकरण गर्न पाउनेछन्।



























