काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या उत्पन्न भएको छ ।
विभागद्वारा सञ्चालित अभिमुखीकरण संस्था र वैदेशिक रोजगार कार्यालयले प्रयोग गर्दै आएको ‘बायोमेट्रिक डेक्सटप एप्लिकेशन’ मा समस्या आएपछि सेवा बन्द गरिएको छ ।
विभागले समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।
‘विभागद्वारा सञ्चालित अभिमुखीकरण संस्थाहरु र वैदेशिक रोजगार कार्यालयहरुले प्रयोग गर्ने बायोमेट्रिक डेस्कटप एप्लिकेसनमा समस्या देखिएको छ । यस अप्रत्याशित समस्यालाई शीघ्र निवारण गर्नका लागि विभागका प्राविधिक समूहले पर्याप्त प्रयासहरु गरिरहेको सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।’ जारी गरिएको सूचनामा भनिएको छ ।



























