काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगि गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।
रोल्पा घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय निमराज डाँगीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।
डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगि गरेका थिए । अपराध अनुसन्धानको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
डाँगीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ ।



























