एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले नेपालीहरू त्यहाँको सेनामा कार्यरत रहेको र हताहत भएको भन्नेबारे ‘कुनै जानकारी’ आफूसँग नभएको जनाएको छ।
रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीले सोधेको प्रश्नको जबाफमा यस्तो भनेको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जना नेपालीको निधन भएको भन्दै तीनको शव यथाशीघ्र नेपाल पठाउन र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो।




























