काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिने भन्दै रकम ठगी गर्ने व्यक्ती पक्राउ परेका छन् । धनुषा घर भई हाल ललितपुरको टिकाथली बस्ने दिपेन्द्र कुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै पटक-पटक गरी तीन लाख रकम ठगी गरेको भन्दै पीडितहरुले उजुरी दिएका थिए ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


























