काठमाडौं । नेपाली राजदूतावास मस्कट ओमानको घुम्ती टोलीले ओमानको सलालाह शहरमा गुम्ती सेवा आज दिने भएको छ ।
एकवर्ष भित्र पासपोर्ट नविकरण गरिसक्नु पर्ने नेपालीहरुका लागि काबुस मस्जितको पछाडी रहेको रोयल होटलमा उपस्थित भई सेवा लिन घुम्ती टोलीले अनुरोध गरेको छ ।
राजदूतावासको यस्तो घुम्ती सेवाले त्यस सहरमा रहेका नेपालीहरुका लागि सुलभ तरिकाले आफ्नो राहदानी नविकरण गर्न पाउने भएका छन् । यो सेवामा राजदूतावास मस्कट ओमानले सराहनीय काम गरेको देखिन्छ ।
तयस्तै, नेपाली राजदूतावास अबुधाबीले एक सूचना जारी गर्दै राजदूतावासामा नविकरणको लागि आवेदन दिएका सेवाग्राहीलाई २० डिसेम्बर २०२३ देखि जुन दिनको लागि आफ्नो राजधानी नविकरण गर्न अनलाइन अनुमति लिएको हो त्यहि मितीको मात्र राजदूतावासमा राहदानी नविकरण आवेदन फारम लिइन सुचनामा भनिएको छ ।



























