काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि (साउन २८) आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।
सोमधि १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ भने माग नपुगे भदौ ११ सम्म अवधि बढ्नेछ। न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ता खरिद गर्न सकिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी प्लस’ रेटिङ दिएको छ, जसले उच्च जोखिम संकेत गर्छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामार्फत आवेदन दिन सक्नेछन्।



























