काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशत बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको असोज ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।



























